धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन्।

बिहीबार मुख्यमन्त्री रावलले आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। 

यससँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशसभामा ७ सांसदसहित निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी आजको बैठकमा सहभागी भएको थिएन । उसले आफ्ना माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएको थियो।

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ५३ सदस्यीय प्रदेश सभामा १९ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।