सिन्धु विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा वित्तीय साक्षरता तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको हेटौंडा शाखाले विहिबार मकवानपुरगढी ५ बुङ्दलको सरस्वती आधारभूत विद्यालयका वालवालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

बैंकको हेटौंडा शाखाको प्रमुख सुमित्रा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर रुम्बाले शैक्षिक सहयोग तथा विद्यार्थीलाई प्रोत्साहन दिएकोमा धन्यवाद दिनुभयो । 

विद्यार्थीलाई वित्तीय साक्षरताको महत्व, बचतको अभ्यास, बैंकिङ सेवाहरुको सही प्रयोग तथा भविष्यमा आर्थिक योजना बनाउने विषयमा समेत जानकारीमूलक वित्तीय साक्षरता प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चतर्भुज पौडेलले बताउनुभयो ।