काठमाडाैं । बालुवाटार जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालले हिरासतमुक्त हुन सर्वोच्चमा रिट निवेदन दिएका छन् ।  मौलिक हक र कानूनी हक विपक्षीहरुद्वारा हनन भएको भन्दै उनले माघ २६ गते सर्वोच्चमा रिट निवेदन दिएका हुन् । 

ढकालले नेपालको संविधानको धारा १६ (१), धारा १७ (१) र (२), धारा १८ (१), धारा २० को (४) र (९) तथा धारा ४१ को मौलिक हक र कानूनी हक विपक्षीहरुद्वारा हनन भएकोले सो हक प्रचलनको लागि धारा ४६, धारा १२८ (२) र १३३ को (२) र (३) अनुसार सर्वोच्च अदालतमा निवेदन दिएकाे निवेदनमा उल्लेख गरेका छन् । 

ढकालले निवेदनमा आफु चिकित्सक पेशामा कार्यारत एवं उमेरले ६५ वर्ष  पुरा गरेको र विगत २०७६ साल माघ देखि विशेष अदालतको आदेशले मुद्दा पुर्पक्षको लागि थुनामा रहेको जेष्ठ  नागरिकरहेकाे बताएका छन् । 

उनले आफ्नो चिकित्सा पेशामा रहेको अवस्थामा २०६० पाैष १५ पछि काठमाण्डौंको ललिता निवास क्षेत्र भित्रको भनिएको जग्गा आफुले विधिवत कानुन अनुसार नै लिएकाे बताएका छन् । उनले मालपोत कार्यालय डिल्लीबजार काठमाण्डौंको श्रेष्तामा हाल साविक भई श्रेष्ता प्रमाणित रहेको काठमाण्डौं जिल्ला काठमाण्डौं न.पा. वडा नं. ४ अन्तर्गत पर्ने केही जग्गा लिएकाे बताएका छन्  ।

उनले आफु चिनजानका युवराज कोइराला मार्फत २०६१/०६२ सालमा तत्कालिन जग्गाधनी हेमाद्री राणा, बेखा नारायण महर्जन, वैशाली ट्रेड लिङ्क र देवकी चाचानबाट मुल्य तिरी विधिवत राजिनामा लिखत नै पारित गराई लिएको हुँदा आफुले कुनै सार्वजनिक जग्गा आफ्नो तथा श्रीमतिको नाममा दर्ता नगराएको जिकीर गरेका छन् । 

 

 

IFrame