काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । केही बेरअघि भण्डारी संसद् भवन नयाँ बानेश्वर पुगेर दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन्।
उनले आजको सम्बोधनमा आफ्नो कार्यकालमा भएका कामहरूका बारेमा सदनलाई जानकारी गराएकी छन् ।
सम्बोधनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भण्डारीलाई सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए ।
भण्डारीको कार्याकाल फागुन २८ मा सकिँदै छ।
Facebook Comments