उदयपुर । प्रदेश नम्बर १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईले प्रदेश नम्बर १ लाई आत्मनिर्भर बनाउने बताएका छन् । 
उद्योग बाणिज्य संघ उदयपुरको प्रथम साधरण सभा तथा अधिवेशनलाई शनिबार उदयपुर सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै उहाले कृषि, प्रर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गरेर प्रदेश नम्बर १ लाई आत्मनिर्भर बनाउने बताए ।

बर्तमान सरकार कृषि पर्यटन र जलविद्युतमा निजी लगानीलाई आकर्षित गर्न आवश्यक कानुन र पूर्वाधार तयार रहेको बताउँदै ढुक्कसँग लगानी गर्न समग्र उद्योगी व्यवासायीलाई आग्रह गरे । 

त्यस्तै  नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दीपक मलहोत्राले देशको अर्थतन्त्रमा देखा परेको अहिलेको समस्या आर्थिक मन्दीको कारणले नभएर अस्थिर सररकार र राष्ट्रबैकको गलत म्रैदीक नीतिको कारण सृजना भएको बताए ।
 
कार्यक्रममा उदयपुर जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरु राजन किराती, नारायण बुजा, सम्झना पाख्रिन, गीतादेवी रेग्मीलाई सम्मान गरिएको थियो ।