विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१८ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिराटनगर तर्फ आउदै गरेको NL 02 G 8952 नम्बरको फलाम बोकेको टेलर गाडीले बिपरीत दिशा तर्फ जादै गरेको मे. १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालककाे घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेका बिराटनगर भंसार कार्यलयमा सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका-१३ झापाका ४४ बर्षीय राजेन गिरी रहेका छन् ।
घटना स्थलमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षकको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments