काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले १० वर्षे जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका छन् । उनले जनयुद्धको अन्तिम समयमा विजयी हासिल गर्ने बेला पार्टीकै एउटा हिस्साले बदमासी गरेको र जनताको सपना चकनाचुर भएको बताए ।

बैद्दले अबकाे सायमा जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताउँदै जनयुद्धमा जनताले गरेको बलिदान र त्यागको सही मूल्याङ्कन गरेर नयाँ क्रान्ति गर्ने र जनताको मुक्तिका लागि धोका नदिने बताए  ।

जनयुद्धलाई बिचैमा तुहाएर प्रचण्डले नेपाली जनतालाई धोका दिएको भन्दै त्यसबाट शिक्षा लिँदै अघि बढ्ने र प्रचण्डको विरोध र भण्डाफोर उनले गर्ने बताए । 

जनताको तीव्र दबाबका कारण सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा भएको र त्यो सकारात्मक भएको उनको धारणा छ । बैद्यले सच्चा क्रान्तिकारीको नयाँ उत्तराधिकारीको रुपमा आफूलाई स्थापीत गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।