सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका–६ बाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जना पक्राउ परेका छन् । राजगंज सिनवारी– कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
को १ ज १६६१ नम्वरको अम्रीसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।
उक्त लागुऔषध गाँजा बरामद भए संगै गाडी चालक धरान–१६ सुनसरीका २७ बर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई समेतलाई पक्राउ परेका छन् । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments