विराटनगर । मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा र मोरङका दुइ स्थानबाट उनीहरुलाघ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ सुनसरीका ३३ बर्षीय दिपेश राई, मेचीनगर–६ का ३३ बर्षीय शिव श्रेष्ठ र ३३ बर्षीय बिजय तिवारी रहेका छन् । 

बिराटनगर महानगरपालिका–१५ स्थितमा लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका राईलाई संकास्पद अवस३थामा पञ्हरीले चेक जाँच गर्दा उनको साथबाट ४ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो पञ्हरीले जनाएको छ । 

यस्तै गरी  झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तीवारी र श्रेष्ठको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको पञ्हरीले जनाएको छ । 

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।