काठमाडाैं । प्रतिबन्धित लागुऔषध गाँजा र ब्राउनसुगर सहित ८ जना पक्राउ परेका छ्न् । प्रतिबन्धित लागुऔषध सहित उदयपुर, झापा र मोरङका छुट्टा छुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले झापाको गौरीगञ्ज गाउँपालिका-३ बाट लागुऔषध गाँजा सहित गौरादह नगरपालिका-८ का २४ बर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका-३ का १९ बर्षीय संजिव रौनियारलाई पक्राउ गरेकाे हाे ।
साेमबार दिउँसो इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी गस्ति टोलीले गौरीगञ्ज-३ स्थितबाट संकास्पद अवस्थामा रहेका राजबंशीको साथबाट ७०० मिलिग्राम गाँजा बरामद गरेको थियो । राजबंशी पक्राउ परे संगै सोधपुछको क्रममा गौरीगञ्ज-३ का रौनियारबाट खरिद गरि ल्याएको भनि खुल्न आएकाे र रौनियारको घरमा खानतलासी गर्दा १ किलोग्राम ९ सय २० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएकाे छ ।
यसै गरी साेमबार नै प्रहरीले झापाको भद्रपुर नगरपालिका-४ मा चेक जाँचको क्रममा सोही स्थनका २० बर्षीय सुदिप चेम्जोङ र ज्ञानेन्द्र केरुङलाई ३ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट भारतबाट नेपाल आउदै गरेका उदयपुरका २४ बर्षीय रोशन परीयारलाई लुपिजेशिक, ऐभिल, डाईजेपाम र फेनरगन गरी २० एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट जाँदै गरेको मे. १ ख ३०५४ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपालिका-१३ का १९ बर्षीय पासर राईलाई सिट मुनि लुकाई राखेको डाईजेपाम, फेनारगन र ब्रुफिनोफिन समेत गरी ४८ एम्पुल औषधी सहित पक्राउ गरेकाे जनाएकाे छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-६ बाट लागुऔषध गाँजा सहित थप २ जना पक्राउ परेका छन् । पथरीशनिश्चरे-६ का ३४ बर्षीय बज्र मोहन यादबले घरमा लागु औषध गाजा संचय तथा विक्रीबितरण गरिरहेका छन भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले उनकाे घर खानतलासी गरेकाे थियाे ।
प्रहरी चौकी कुशेचौरी र अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा कोठाबाट ८ केजी गाँजा बरामद गरेको र सोही स्थानका ४१ बर्षीय सुरेन यादबलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको पंहरीले जनाएकाे छ ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैलाई सम्वन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भईरहेको बताइउकाे छ ।
Facebook Comments