काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले काठमाडौं, दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा।लि।मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआइसी बैकका ग्राहकहरुले केड कम्पनीमा भुक्तमानी गर्दा २० प्रतिशत ५ुट पाउने भएका हुन् ।
यस विषयमा बैक र केड कम्पनीबीच समझदारी भएको छ । समझदारीपत्रमा यस बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनी प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकहरुले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने छन् भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्ने बताइएको छ ।
Facebook Comments