विराटनगर ।  मोरङको सुन्दरहरैचा नगरपालिका– १० खोर्साने चोकबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोर्साने चोकमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगर रहेका छन् । 

मंगलवार अपरान्ह साढे ४ बजे लागुऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाईल फेला पारेका प्रहरीले जनाएको छ । 
ब्राउन सुगर सहित पक्राउ परेका मगरको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।