काठमाडौं ।  नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध उजुरी दर्ता भएको छ। शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको हो।

काठमाडौं बागबजारका ‍विश्वप्रकाश भेटवालले सुदूरपश्चिम प्रहरी प्रमुखसमेत रहेका सिंहले नक्कली शैक्षिक योग्यताको प्रमाण पेस गरेर जागिर खाएको आरोप लगाउँदै बुधबार उजुरी दिएका हुन् । सिंहले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको र उनको उमेर ५८ वर्ष नाघिसकेको दाबी गरिएको छ। भेटवालले डीआईजी सिंहका भाइ विनोदप्रकाश सिंहको उमेर नै ५७ वर्ष भइसकेको पनि उल्लेख गरेका छन्।

अहिले एआईजी बढुवा प्रक्रिया अघि बढेको बेला सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेस गरेको प्रमाणपत्र नक्कली भएको उजुरीमा उल्लेख छ।