बुटवल । रोटरी क्लव अफ बुटवलले बुधबार ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई ट्राफिक सचेतना बोर्डसँगै मास्क हस्तान्तरण गरिएको हो ।
क्लवका अध्यक्ष बोनिन पियाले प्रदेश प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख राईले रोटरीले गर्दै आएको सामाजिक र रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तर जारी राख्न आग्रह गरे । क्लवका अध्यक्ष बोनिन पियाले रोटरीले गर्दै आएका गतिविधिबारे प्रकाश पारेका थिए ।
त्यस अवसरमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष बिन्ध्याकेशर जोशी, रोटरीयन गोपालप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै रोटरी क्लव अफ बुटवलले राजमार्ग आसपासका ९ वटा होटललाई खाना खेर नफालौं भन्ने सन्देश सहित खाद्य सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।
क्लवले रुपन्देहीको तिलोत्तमामा रहेको बोधिभिल्ला, मणिग्रामको विश्राम वाटिका, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, ड्राईभरटोलको एसआर होटल, होटल टुलिप, होटल द फ्लेमिङ्गो, महाराजा रिसोर्ट कालिकानगर, बुटवलको सिद्धार्थ कटेज, होटल पौवालाई उक्त बोर्ड हस्नान्तरण गरिएको छ ।
सचेतना बोर्ड हस्तान्तरणका लागि क्लवका पदाधिकारी तथा सदस्यहरु विभिन्न होटलहरुमा पुगेका थिए । खाना खेर गैरहेको अवस्थामा होटलहरुलाई खाना खेर नफालौं भन्ने सन्देशसहित खाद्य सचेतना बोर्ड हस्तान्तरण गरिएको क्लवका अध्यक्ष बोनिन पियाले बताए ।
Facebook Comments