काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको हो ।
हरिकला ८९ वर्षकी रहेकी पारिवारिक स्रोतले बतायो । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।
यस विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको बताएका छन् । नेता भण्डारीलाई भेट्न किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको बताएका हुन् ।
उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको उनले बताए । नेता भण्डारीले यही उपचार गर्न पाए हुने भन्ने इच्छा व्यक्त गरेको मन्त्री गिरीले बताए ।
चिकित्सका अनुसार नेता भण्डारीको शरीर २५ देखि ३० प्रतिशत जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असर अझै तीनचार दिन बढी देखिन्छ । गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।
Facebook Comments