काठमाडौं । एती एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाउने मृतक परिवारलाई नेपाल लाइपÞmले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । गत माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा निधन भएकी पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको इच्छाइएको व्यक्ति श्री कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको हो ।
बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको हो ।
आफ्नो जीवनकालमा संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट गत भदौ २९ गते पचास लाख बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिईन् । बीमाङ्क बापतको रकम अन्तर्गत पचास लाख र दुर्घंटना मृत्यु दावी बापत पचासलाख गरी जम्मा एक करोड एक लाख इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
गत पौष मसान्त सम्ममा यस कम्पनीको लगानी १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ ।
नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ
Facebook Comments