नुवाकोट । नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गोर्स्याङ दाङ्सिङ जाने लोकल बस चैनपुरको उकालोमा ब्रेक फेल भएर बस पल्टिदा दुई जनको मृत्यु भएको हो ।
विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस दुर्घटना विदुरको चैनपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार बस सडकबाट २० फिट तल खसेको छ । केही घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउनेक्रम जारी डिएसपी खगेन्द्र खड्काले बताए ।
घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।
Facebook Comments