विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित जतुवा नहरबाट तस्करीको कपडा (कुर्ता–सलवार)सहित एक जना अटो चालकलाई प्रहरी बिहीबार दिउँसो पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले अटो चालक सुनसरीको बर्जु गाउँपालिका–३ का ४१ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले दिउँसो १२ः३५ बजेतिर को २ ह १६३३ नम्बरको अटो पनि नियन्त्रणमा लिएको छ।
भारतबाट तस्करी गरेर ल्याएको कपडा लोड गरिएको अटो र चालकलाई नियन्त्रणमा लिइएको कार्कीले बताए । साथै १ लाख ३५ हजार ५ सय मूल्य बराबरको अवैध कपडा नियन्त्रणमा लिइएको उनको भनाइ छ।
बरामद गरिएको कपडा तथा नियन्त्रणमा लिइएको अटोसहित चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी कार्कीले दिए। कपडासहित अटोको भन्सार मूल्यांकन ५ लाख ३३ हजार ५ सय रुपैयाँ भएको छ।
Facebook Comments