काठमाडौं । उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी–३ का कुमार सुनुवार तथा बेलबारी नगरपालिका(४ का २७ बर्षीय अजय राई रहेका छन् ।
कटारीमा सुनुवारलाई नाईट्राभेट–२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका–१२ मा राईको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको सम्वन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments