काठमाडौ । कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि वर्षकालागि सिइओमा नियुक्त गरेको हो ।
नियुक्ति पत्र सोमबार बुझेर पदभार सोही दिन गर्ने सिइओ गुरुङले सिंहदरबारलाई बताए । गुरुङ सिभिल बैंकका पुर्व सिइओ हुन भने पछिल्लो समय म्यानमार सिटिजन बैंकमा सिइओको रुपमा कार्यरत थिए ।
‘बैंकलाई राम्रो सङ नेतृत्व गर्छु, प्रतिस्पर्धी र अनुशासित बैंक बनाउन भूमिका खेल्नेछु’, नव नियुक्त सिईओ गुरुङले भने । उनिसहित पाँच जनाले सनिबार अन्तर्वार्ता दिएका थिए ।
Facebook Comments