विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका- ७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन ।
फाल्गुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका-२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको भन्ने खवर प्रहरीलाई जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक सहितको प्रहरी अनुसन्धान टोली घटनास्थमा खटि प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comments