काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ‘हिंसा दिवस’लाई राष्ट्रिय दिवस भनेर मनाएको टिप्पणी गरेका छन् । बिहीबार आफ्नो निवासमा ‘विश्वशान्ति प्रार्थना’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।
हिंसा टुंगिएको भएपनि हिंसाको धङधङ्ती अझै पनि मान्छेहरूका क्रियाकलापमा, व्यवहारमा रहेकाे र अहिलेकै सरकारले पनि ‘हिंसा दिवस’लाई राष्ट्रिय दिवस भनेर मनाएकाे उनकाे भनाइ थियाे । सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा सार्वजनिक बिदा दिएको थियो । २०५२ फागुन १ गते तत्कालीन माओवादीले सशस्त्र विद्रोह शुरू गरेको थियो। त्यसको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्ले ‘जनयुद्ध दिवस’का रुपमा सार्वजनिक बिदा दिएको थियो।
मन्त्रिपरिषद्ले सार्वजनिक बिदा दिने निर्णय गर्दा कुनै प्रतिक्रिया नदिएका एमाले अध्यक्ष ओलीले अहिले आएर त्यसलाई गलत भनेका हुन् । एमाले पनि सरकारमा सहभागी छ । फागुन १ गतेलाई राष्ट्रिय दिवस भनेर मनाउने गरी क्यालेन्डरमा राख्ने दुःखद निर्णय भएकाे भन्दै त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृति नछुटेको देखिएकाे उनले बताए । यट्ठताे हुनु राम्राे नहुनु उनकाे भनाइ छ ।
सरकारले निर्णय गर्दा आफूलाई कुनै थाहा नदिएको बताउँदै ओलीले सरकारले किन गर्यो, आकस्मिक रुपमा किन गर्नुपर्यो भन्दै प्रश्न गरे । आफैले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्यो भन्दै आफुले नबुझेको उनले बताए । नेपाल हिंसाको पक्षमा नभिउने उनको भनाइ थियो।
नेपाली जनतालाई परस्परमा लड्ने–लडाउने कुरालाई स्वीर्कान नसकिने बताउँदै उनले हिजोका दिनमा पनि सकिँदैनथ्यो, आज पनि सकिँदैन, र भोलि पनि नसकिने बताए ।
Facebook Comments