काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ ।

कम्पनीले निर्देशक तह ११ का लागि ४ जना,  प्रबन्धक तह १० का लागि ८ जना, प्रबन्धक तह १०  सिभिलमा १ जना, तह १० प्रबन्धक प्रशासनमा १ जना, तह १० प्रशासा लेखामा २ जना, तह ९ उप प्रबन्धक टेलिकम, लेखा प्रशासन गरी १३ जना, तह ८ वरिष्ठ तर्फ  इन्जिनियर, लेखा, प्रशासक र व्यापार गरी ११ जना, तह ७ अधिकृतमा प्राबिधिक, लेखा, प्रशासान र व्यापार गरी ३५ जना,  तह ६  सहायकमा प्रशासा, लेखा र व्यापार गरी ११ जना, सिनियर र वरिष्ठ गरी  टेक्निसियन तह ५ तर्फ १३ जना, टेक्निसीयन तह ४ र जुनियर टेक्निसीयन तह ३ गरी ६ र ८ जना माग गरिएको छ ।  
 
आवेदन दिने अन्तिम मिति यही चैत २ गतेसम्म रहेको प्रकाशित सूचनामा उल्लेख छ । त्यस्तै,  दोब्बर दस्तुर तिरेर  चैत ९ गतेसम्म आवेदन दिन सक्ने उल्ले गरिएको छ ।