काठमाडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि जनताको राष्ट्रपति भएको अनुभूति हुने गरी काम गर्ने बताएका छन्।
संसद् भवनमा पुगेर उम्मेदवारी दर्तापछि उनले यस्तो बताएका हुन् ।
उनले भने– जतिबेला राष्ट्रपति प्रणाली थिएन। हामीले संविधान बनाएर राष्ट्रपतीय प्रणाली व्यवस्था गरेको छौँ। त्यसभन्दा अगाडि निश्चित कुलको जेठो छोरा राष्ट्राध्यक्ष हुने प्रणाली थियो। तर, हामीले जुनसुकै कुलमा जन्मिएको छोरा या छोरी राष्ट्रपति हुने व्यवस्था गरेका छौँ। अब जनताको राष्ट्रपति व्यवहारमा अनुभूत हुने गरी काम गर्ने मेरो प्रयास हुनेछ।’
उनले अहिले बनेको आठ दलीय गठबन्धनबारे आफूले कुनै टिप्पणी नगर्ने प्रतिक्रिया दिए।
Facebook Comments