झापा । मुलुकमा देखिएको चरम आर्थिक मन्दीका बीचमा पनि उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गरेका छने ।
झापाको बिर्तामोड नगरपालिका १ मा नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनीप्रा.लि. सञ्चालनमा आएको हो ।
देशमा भएको चरम आर्थिक मन्दीका बीचमापनि उनीहरुले एक सय जनायुवालाई रोजगारी दिने तयारी गरेका छन् । बाह्रदशी गाउँपालिका – ३ कानवीन भण्डारी र गौरादह नगरपालिका निवासी चेतनाथ निरौलाले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याएका हुन् । झण्डै साढे तीन कारोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको मेटल इन्डष्ट्रीमा शुरुवाती चरणमा २० जनायुवालाई रोगजारी प्रदान गरिएको र इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी थालिएको सञ्चालक भण्डारीले बताए ।
मेटल इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा आएसंगै एक सय जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिने उनको भनाइ छ । व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुलेका भण्डारी प्राध्यापन पेशामा सम्लग्न रहेका छने । विगत ११ वर्ष देखि प्राध्यापन पेशामा रहेका उनी नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनीप्रा.लि.को प्रवन्ध निर्देशकको भूमिकामा रहेका छन् ।
मेटल इन्डष्ट्रीमा १८ वर्षको अनुभव बट्लेका अर्का सञ्चालक चेतनाथ निरौला आफैंमा इन्जिनियर हु्न् । उनले कम्पनीको उत्पादन र बजारीकरण गर्ने जिम्वेवारी सम्हाल्दै इन्डष्ट्री सञ्चालनमा ल्याएका हुन् । नेपालमा चलेका बीग मार्ट, गार्डेन मार्ट, सुपर मार्केट र हाइपर मार्केट, स्कूल तथा कलेजका आधुनिक मोडलमा डेक्स बेञ्च समेत उत्पादन गराउने उद्देश्यले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याइएको निरौलाको भनाई छ ।
इन्डष्ट्रीले डिपाटमेन्ट स्टोरका ¥याक,हस्पिटल बेड तथाइक्वी पमेन्ट,मेटल चेयर, लकर, मेटल प्यालेट, फलामको फर्निचरका डाई लगायतका सामग्री उत्पादन गर्ने बताइएको छ ।
त्यस्तै इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ , सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ सेवा समेत उपलब्ध गराइने बताइएको छ ।
मेटल इन्डष्ट्री प्रदेश कै पहिलो भएको र यसले गुणस्तरीय सेवाप्रवाहगर्न कुनै कसर बाँकी नराख्ने इन्डष्ट्री सञ्चालक भण्डारीले बताए । फलामको उपयोगिता सम्वन्धि नेपाली समाजमा रहेको धारणालाई थपव्यापकबनाउन यो उद्योगले भूमिकानिर्वाह गर्ने भण्डारीको भनाई छ ।
नेपालमा यस खाले इन्डष्ट्री सिमित संख्यामा रहेको र प्रदेश १ मा एउटा पनि इन्डष्ट्री नभएकाकारण आफूहरुले पूर्वको बजारलाई विश्लेषण गर्दै युवालाई समेत रोजगारी दिने उद्देश्यले इन्डष्ट्रीमा लगानी गरेको भण्डारीले बताए । आर्थिक मन्दीका बीच पनि चलेका बीग मार्ट, गार्डेन मार्ट, सहकारी पसल, सुपर मार्केट, हाइपर मार्केटले यस खाले सामग्री भारत सहित चीनबाट आयात गर्ने गरेको र त्यसलाई रोक्न उद्योगले भूमिका निर्वाह गर्ने बताइन्छ ।
आफ्नै ठाउँमा उद्योग सञ्चालन गर्दा स्थानीयले रोगजारी समेत पाउने र साम्रग्री खरिदका लागि विदेशिने मुद्रा नेपालमा नै सञ्चित हुने भण्डारीको भनाई छ । नेपालमा यस खले सामग्रीको मागउच्च रहे पनि उद्योग नहुँदा भरत र चीनको भर पर्नु परेको तर गुणस्तरीय सामग्रीको आपूर्ति समेत न्यूनहुने गरेको भण्डारीको भनाई छ । उद्योगले उत्पादन गर्ने अधिकांश साम्रग्री फलमका हुने र लामो समय टिक्ने भएकाले उपभोक्ताको मन छोटो समयमा जित्न सकिने भण्डारीले बताए । उद्योगले उत्पादन गरेका सबै सामग्री वहु उपयोगी हुने र आवश्यकता अनुसारका डिजाइन दिइने भएकाले सबै प्रकारका व्यवसाय तथा घरायसी रुपमा बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।
मेटल इन्डष्ट्रीको बजार नेपाल भर रहेको र सम्भाव्यता अध्ययन गरेर आफ्नै ठाउँमा कम्पनी स्थापना गरेको कम्पनीका सञ्चालक भण्डारीको भनाई छ ।
Facebook Comments