काठमाडौं । पछिल्लो समय सहकारीबाट आफ्नो बचत फिर्ता भएन भन्ने गुनासो धेरै आउने गरेका छन् । यस्तो गुनासो आइरहेको बेलामा ललितपुर महानगरपालिकाले १० वटा सहकारी नै खारेज गरिदिएको छ ।
महानगरको क्षेत्रभित्र पर्ने १० वटा सहकारीको इजाजत नै खारेज गरेको हो । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्षभन्दा लामो समयदेखि लेखा परीक्षण नगरेका, साधारण सभा गरेका र विवरण नबुझाएका सहकारीहरु खारेज भएको हो ।
महानगरपालिकाले सूचना निकाल्दै सम्पर्कका आउनभन्दा पनि सम्पर्कमा नआएका सहकारीहरु खारेज भएका हुन् ।
Facebook Comments