काठमाडौं । नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
साेमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानो गठबन्धन ब्यँताएर राष्ट्रपतिमा कांग्रेसको उम्मदवारलाई समर्थन गर्ने निर्णय गरेसंगै एमाले सरकारबाट बाहिरिएकाे हाे।
यससंगै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
Facebook Comments