रामेछाप । रामेछापकाे मन्थली नगरपालिका २ मा पर्ने पिप्ले सामुदायिक वनमा भिषण आगलागि भएकाे छ । शुक्रबार दिउँसो देखि लागेको डडेलो नियन्त्रणमा नआउँदा स्थानीयकाे एक घर समेत जलेकाे छ ।

वडा अध्यक्ष सुरेन्द्रवहादुर कार्कीका अनुसार डडेलो वस्ती तर्फ जान नदिनका लागि स्थानीय र सुरक्षाकर्मी सहित परिचालन गरीएकाे छ  । मन्थली नगरपालिकाको बारुणयन्त्रको समेत साहायता लिइएको छ । पिप्ले सामुदायिक वनमा ठुलो क्षेत्रमा डडेलो रहेकोले तत्कालै नियन्त्रणमा लिन कठिनाइ भएको स्थानीयले बताएका छन् । 

 आगलागिका कारण जलेकाे उक्त घरमा मानिसको वसोवास भने नरहेकाे बताइएकाे छ ।