काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार राताम्मे भएको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २६.४८ अंक घटेर १९६९ अंकमा कायम भएको छ ।
कुल १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो १ अर्ब २८ करोडको कारोबार भएको थियो । कुल १९ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने ३ को स्थिर रहृयो ।
बजारका सबै उपसमूहमा गिरावट आएको छ । प्रतिशतका आधारमा लघुवित्त उपसमूह सबैभन्दा धेरै २ दशमलव ६४ प्रतिशतले घट्यो । बैंकिङ १२, विकास बैंक ३०, फाइनान्स २६, होटल तथा पर्यटन २०, जलविद्युत् ४०, जीवन बीमा १२४, उत्पादन ७०, लघुवित्त १०१, निर्जीवन बीमा ८३, अन्य २० र ब्यापार उपसमूह ४९ अंक घटे ।
बुद्धभूमि र युनिक नेपाल लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । गुमाउनेमा लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि रहे । ग्लोबल आईएमई लघुवित्तको मूल्य ७ प्रतिशत घट्ये । स्वाभिमानको ५.८, नाडेपको ५.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, , एनआईसी एसिया बैंक, नबिल बैंक र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
Facebook Comments