काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सि. जी. डिजीटल ई. कमर्सले विगतमा जस्तै बिग सि.जी. डे २.३.२३ योजना फेरि ल्याएको छ । प्रत्येक साल एक विशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउदै आएको बिग सि.जी. डे मार्च ०२ देखी मार्च १० सम्म संचालनमा आउने छ ।
यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यहि ८ दिनसम्म उपलब्ध हुने चाैधरी ग्रुपले जनाएको छ । यस योजनामा निशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट र सरल किस्ताबन्धि, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरुलाई १२ प्रतिशतसम्मको थप विशेष छुट जस्ता विशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको छ ।
बिग सि.जी. डे २.३.२३ मा सि.जी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स, सि.जी. फुड्स, सि.जी. नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटी, का विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ ।
चाैधरी ग्रुपले बिग सि.जी. डे WWW.cgdigital.com.np अथवा सि.जी. डिजिटल एप लगइन गरि बिग सि.जी. डेको अफरहरुको फाईदा उठाउन सकिने बताएको छ ।
Facebook Comments