काठमाडौ‌ ।  राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचन खर्च बुझाएका छन् ।  नेम्वाङका तर्फबाट शुक्रबार एमाले सांसद महेश बर्तौलाले चुनावका क्रममा भएको खर्च विवरण निर्वाचन आयोगका बुझाएका हुन्।


नेम्वाङको  खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार र मसलन्दमा ६ हजार पाँच सय गरिएको बर्तौलाले जानकारी दिए।

बिहीबार भएको राष्ट्रपति चुनावमा नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्दा रामचन्द्र पौडेल ३३ हजार ८०२ मतभार पाएर विजय भए।