झापा । झापाको मेचिनगर नगरपालिका–४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्ट बहादुर कडरीया रहेका छन् ।
बुधबार बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक बिधुतिय करेन्ट लागि घाईते भएका कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments