काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधार ल्याउन राष्ट्र बैंकका गभर्नरले महाप्रसाध अधिकारीले सहयोग गर्नु पर्ने बताएका छन् । अर्थमन्त्री महतले पटक पटक राष्ट्र बैंकसँग छलफल भएको बताए ।
महत्तले भने, ‘देशको अर्थतन्त्र समस्यामा छ । त्यो समस्याको समाधान गर्न राष्ट्र बैंकका गभर्नरले सहयोग गर्नु पर्छ । हाल निजी क्षेत्रको मनोबल वृद्धि गर्न आवश्यक रहेको छ । कुनै पार्टी भनेर हुदैन । अर्थतन्त्र माथि उठाउनको लागि पार्टी भन्दा माथि उठेर काम गर्नु पर्ने बेला आएको छ ।’
Facebook Comments