काठमाडौं । नयाँ वर्ष लागेको छ । २०७९ साल सकिएर २०८० को नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षमा अटो व्यवसायीले विभिन्न अफर सार्वजनिक गरेका छन् । ग्राहकलाई आफ्ना बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदुेखि मासिक किस्तामा कार खरिद गर्न सकिने अफर सार्वजनिक गरेका हुन् ।
ग्राहकलाई गाडीमा आकर्षण गर्न व्यवसायीहरुले नगद छुटदेखि विदेश भ्रमणासम्मका योजना सार्वजनिक गरेका हुन् ।
चांगन अटोको घोषणाः वैदेशिक भ्रमणदेखि नगद छुट
चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित ‘नयाँ साल, साह्रै बबाल’ अफरु सार्वजनिक गरेको छ ।
चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र प्रिमियम पिकअप हन्टर गाडी किन्दा विभिन्न छुट अफर सार्वजनिक गरेको हो । कम्पनीले वैशाख १ गतेदेखि ३१ गतेसम्मका लागि उक्त मोडलका गाडी खरिद गर्दा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमणको घोषणा गरेको छ । यस्तै, कम्पनीले एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स समेत दिने जनाएको छ ।
यस्तै, कम्पनीले चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुटको घोषणा गरेको छ । यस्तै, कम्पनीले एक्सचेन्च अफर अन्तरगत २ लाख बोनस दिने जनाएकोे छ ।
हन्डाईको गाडी किन्दा नगद छुटदेखि निशुःक बीमा तथा कर
हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले गाडी खरिदमा ५ लाख रुपैयाँसम्मको नगद छुट, गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ ।
यस्तै, कम्पनीले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा समेत दिईने जनाएको छ । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।
निशनको गाडी किन्दा ११ लाख छुट
नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले निशानको गाडी खरिद गर्दा ११ लाख रुपैयाँसम्म छुट सुविधाको घोषणा गरेको हो ।
कम्पनीले गाडी खरिदमा अधिकतम ८ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ भने अधिकतम बोनस २ लाख रुपैयाँ र ३ वर्षसम्म सर्भिस र वारेन्टीको सुविधा दिन जनाएको छ ।
यस्तै, सजिलो फाइनान्स सुविधा र १ वर्षसम्म निःशुल्क बीमा तथा सवारी करको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले नयाँ वर्षको योजनामा गाडी खरिद गरेमा अधिकतम ११ लाख ७४ हजार रुपैयाँ फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
जिडब्लूएम गाडी किन्दा ५ लाख छुट
ग्रेट वाल मोटर नेपालले हर्षमय नव वर्ष २०८० योजना सार्वजनिक गरेको छ । कम्पनीले जिडब्लूएमका विभिन्न प्रकारका गाडीमा ५ लाखसम्म छुट दिने भएको छ । त्यसका साथै, कम्पनीले स्पेशल सेलिब्रेशन डिस्काउन्ट, एक्स्चेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र स्पट मूल्याङ्कनको व्यवस्था गरेको छ ।
Facebook Comments