काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फ्लाइ दुबईको जहाज सुरक्षितरुपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताएका छन् । मन्त्रीले चिन्ता नलिन समेत भनेका छन् ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि जहाजको देब्रै इन्जिनमा आगो लागेको भएपनि सामान्य अवस्थामा नै रहेको बतायो । क्यानका अनुसार जहाज गन्तव्यतर्फ गइरहेको छ ।

जहाजमा १६७ जना यात्रु छन् । जसमा १२० जना नेपाली यात्रु रहेका छन् ।