पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ।
नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याइएको हो।
उनलाई रूपन्देही प्रहरीले भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाएको हो।
रूपन्देहीका प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार रायमाझीलाई बिहान ७ बजे अघि नै भैरहवा विमानस्थल पुर्याइएको भएपनि मौसमका कारण फ्लाइट डिले भएको थियो।
‘भर्खरै काठडमाडौं अवतरण गरेको भन्ने जानकारी प्राप्त भएको छ,’ डिएसपी अर्यालले भने।
काठमाडौैं प्रहरी परिसरका एसपी सिताराम रिजालले पनि भैरहवाबाट काठमाडौं पठाइएको जानकारी प्राप्त भएको बताए।
काठमाडौं ल्याइएपछि आजै जिल्ला अदालतबाट म्याद थप गराई सन्दीपविरूद्ध थप अनुसन्धान सुरू गरिने एसपी रिजालले जानकारी दिए।
सन्दीपविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी हिजो बुटवलबाट पक्राउ परेका थिए।
Facebook Comments