काठमाडौं । करको दरमा मनपरी गर्न नपाएर केहि व्यावसायीहरु रिसाएका अर्थ मन्त्री प्रकाशशरण महतले बताएका छन् ।
आफूमाथी लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौति दिए । मन्त्री महतले भने ‘म सबैसामू चुनौति दिन चाहान्छु आरोपको पुष्टी गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन ।’
बजेट अघि मन्त्रालयमा प्रवेश नै नदिएका व्यक्तिहरु रिसाएका मन्त्री महतले बताए ।
‘म चुनौति दिएर भन्छु टुडिखेलमै गएर भन्न सक्छु । निश्चित समुहले फाइदा लिएका थिए । अहिले लिन नपाएको हुन सक्छ । मन्त्री महतले भने म चुनौति दिएर भन्न चाहान्छु । इमान्दार इमान्दारी भएर काम गरेको छु । यति काम गर्दा पनि हिलो झ्याप्ने काम गरिन्छ भने इमान्दार मान्छेको काम छैन।’
सेयर बजारको विषयमा साना र सोझा लगानीकर्ताहरुलाई फसाएर ठूला लगानीकर्ताले लाभ लिएको मन्त्री महतले बताए।
Facebook Comments