काठमाडौं । अर्थमन्त्रालयले विज्ञप्ति निकालेर आर्थिक वर्ष २०८०÷८१ को आर्थिक विधेयक तर्जुमामा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको बताएको हो ।
बजेट तर्जुमा दिग्दर्शनले तोकेका पदाधिकारीको उपस्थितिमा मात्र छलफल गरी आर्थिक विधेयकलाई अख्तियार प्राप्त पदाधिकारीले अन्तिम रुप दिएको हो । कम्प्यूटर टाइप, हार्मोनाइज्ड कोड मिलान तथा आर्थिक विधेयकको शुद्धाशुद्धि परिक्षण गर्न आवश्यक कर्मचारी संलग्न गराई जिम्मेवारीपूर्वक तोकिएका कार्य गर्ने गराउने गरिएको बताएको छ ।
‘पुर्व नासु रामकृष्ण श्रेष्ठ निजामती सेवामा लामो समय भन्सार विभागमा रही आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काम गरिरहेका सेवा निबृत्त कर्मचारी भएको मन्त्रालयले बताएको छ । निजको कामको अनुभव र दक्षताका कारण निज श्रेष्ठलाई सेवा निवृत्त पछि पनि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काममा लगाइदै आइएको छ । चालु आर्थिक वर्षमा पनि निजलाई सूचना प्रविधि सहायक कर्मचारीको रुपमा करारमा नियुक्त गरिएको र विगतका वर्षहरुमा जस्तै आर्थिक विधयेक २०८०÷८१ को मस्यौदा टाइप गर्ने कार्यमा संलग्न गराइएको व्यहोरा जानकारी गराइन्छ,’ अर्थमन्त्रालको विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments