काठमाण्डौं: नेपाल महिला एकता समाजको आयोजनामा विभिन्न समुदायका २० जना  बालबालिकाहरु बिच चित्रकला प्रतियोगिता आज सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागी विद्यार्थीले ' क्लाइमेट जस्टिस  ' लाई विषय बनाई चित्र कोरेका थिए । चित्रकला प्रतियोगितामा प्रथम  आशिर्या देसार  दोस्रो प्राप्ति कुँवर , तेस्रो युजला महर्जन  तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने  अरुण बिके तथा आर्यन पहरी सफल  भएका छन् ।  प्रतियोगी सबै लाई बिशेस  पुरस्कार प्रदान गरिएको  थियो ।  

बाल बालिकाहरुलाई सानै देखि प्रोत्साहन दिदै जाने हो भने भोलिको भबिस्यमा कुनै अप्ठ्यारो नहुने आयोजक संस्था का कार्यक्रम अधिकृत  अप्सरा तिमल्सिना बताउछन। पहिलो पटक प्रतियोगितामा भाग लिएको अरुण बिके ,बिसेस पुरस्कार ले निकै हौसला दिएको बताउछन।  प्रतियोगितामा प्रथम भएकी  आशिर्या देसारमलाई चित्र कोर्न मन पर्छ।  धेरै प्रतियोगितामा भाग लिएकी उनिलाई  प्रोग्रामले अझ ज्ञान दिने  र मेहनेत गर्न प्रोत्साहन गर्ने बताउछिन। 

नेपाल महिला एकता समाजले बाल बालिका लक्षित कार्येक्रम प्रत्येक वर्ष गर्दै आइरहेको ' क्लाइमेट   जस्टिस  ' का क्याम्पेनेर मनिका लामाले बताउनु  भयो।