काठमाडौं । भोलिबाट देशभर बालुवा, ढुंगा, रोडा र गिटीको उत्पादन र बिक्री रोकिने भएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योग नवीकरण नगरेको भनेर बन्द गर्ने घोषणा गरेको हो । यसभन्दा अघि नै महासंघले सरकारले व्यवसायीको माग सम्बोधन नगरे असार १६ गतेबाट बन्द गर्ने बताएको थियो । त्यसै अनुसार आजबाट बन्द गरेको हो ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधान गरेकाले आजबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषण गरेको बताए ।
न्यौपानेले भने, ‘हामीले सरकारसँग धेरै पटक क्रसर नविकरणको कुरा उठायौं । तर, हाम्रो माग सम्बोधन नभएकाले नै आजबाट क्रसरबाट उत्पादन हुने निर्माण सामाग्रीको उत्पादन र विक्री बन्द गरेका छौं ।’
Facebook Comments