ललितपुर । तामाङ समुदायको पर्व एवम् नयाँ वर्ष सोनाम ल्होछार २८६० औं डुल ल्हो (सर्प वर्ष)को अवसरमा कोन्ज्योसोम गाउँपालिकामा पाँच दिन सार्वजनिक विदा दिइएको छ । पर्वको अवसरमा माघ १३ गतेदेखि १७ गतेसम्म सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष कृष्णमान लामा र उपाध्यक्ष राजनप्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । ल्होछारको अवसरमा गाउँपालिका कार्यालय, अन्तर्गतका कार्यालय, विद्यालय, संघसंस्थामा समेत सार्वजनिक विदा दिने र वडास्तरमा ल्होसार कार्यक्रम संचालन गरिने सुचनामा  उल्लेख छ ।