ललितपुर । गोदावरी नगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने वा नगरपालिकाभित्रका क्याम्पसमा अध्ययन गरेका युवाहरुलाई लक्षित गरी लोकसेवा तयारी कक्षा सुरु गरेको छ । सरकारी सेवातर्फ युवाहरुको आकर्षण बढाउन नगरपालिकाले सबै तहका सरकारी सेवाप्रवेश गर्न इच्छुकहरुलाई तयारी कक्षा सुरु गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी गराउनुभएको छ । माघ १० गतेबाट दुई महिनासम्म अनलाइनबाट उक्त तालिम कक्षा संचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ