महाँकाल २ वडा कार्यालयले वडाभित्रका वालवालिकालाई न्यानो कपडा वितरण गरेको छ । आ. व. २०८१÷८२ मा महाङ्काल गाउँसभाबाट वार्षिक स्वीकृत कार्यक्रम ‘विद्यालय बालबालिका न्यानो पोसाक खरिद वितरण’ मा व्यवस्था भएबमोजिम न्यानो कपडा ट्र्याकसुट वितरण गरिएको वडाध्यक्ष जोनीकुमार न्यासुरले   बताउनुभयो ।

आफ्नो क्षेत्रभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीप्रति स्थानीय सरकारको हिसावले वडा पालिका आफैं जिम्मेवार हुनुपर्छ भन्दै न्यानो पोशाक शिर्षकमै बजेट विनियोजन गरी विद्यालयमा पोशाक वितरण गरिएको अध्यक्ष न्यासुरले बताउनुभयो । गाउँसभाले ३ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । वडाध्यक्ष न्यासुरको संयोजकत्वमा विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको हो ।