ललितपुर । ध्यानमा विश्वविख्यात विपाश्याना ध्यान विधिको विस्तार गर्न दक्षिण ललितपुरको पहिलो ध्यान केन्द्र महाँकाल गाउँपालिकाको खोरभञ्ज्याङ्गमा उद्घाटन गरिएको छ । समथा एवम विपश्याना केन्द्रको पहलमा निर्माण भएको ध्यान केन्द्रको उद्घाटन बौद्ध धर्मगुरु डाक्टर कर्मा साङ्वो शेर्पाले गर्नुभएको छ । ध्यान केन्द्र उद्घाटन गर्दै विश्वशान्तिको लागि आत्मा शान्ति हुनुपर्ने र त्यसका लागि ध्यान सबैभन्दा उत्तम उपाय भएको धर्मगुरु शेर्पाले बताउनुभयो ।

नियमित रुपमा महिनाको एक पटक ध्यानको शिविर सञ्चालन गर्ने बताउँदै धर्मगुरु शेर्पाले आवासीय कक्षा पनि छिट्टै सुरु गर्ने तयारी भएको धर्मगुरुलाई उद्धृत गर्दै स्थानीय सामाजिक अगुवा बुद्ध नेगीले बताउनुभयो । हाल यो ध्यान केन्द्र खोरभञ्ज्याङ नमोबुद्ध स्तुपा नजिकै रहेको छ । 

काठमाडौं उपत्यकातर्फ हिमाल देखिने अत्यन्त मनोरम पर्यटकीय गन्तव्य मानिने खोरभञ्ज्याङ्मा यो ध्यान केन्द्र थपिएसँगै यस क्षेत्रको पर्यटकीय तथा सांस्कृतिक महत्व विस्तारमा थप योगदान पुग्ने नेगीले बताउनुभयो ।