ललितपुर – प्रेस चौतारी ललितपुरको आयोजनामा शुक्रबारबाट चिया चौतारी र वडामा चौतारी कार्यक्रम सुरु भएको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १३ झरुवाराशीस्थित पोखरीटारको चौतारीबाट कार्यक्रमको शुभारम्भ भएको हो ।
वडा अध्यक्ष भाष्कर थापासँग कुराकानी गर्दै वडामा चौतारीको पहिलो अंक सुरु गरिएको छ । वडा अध्यक्ष थापाले पोखरीटार निर्माण भएको उद्यानले झरुवाराशीको पुरानो इतिहास ब्युझाँएको बताए । उनले आफूले धापाखेलबाट झरुवाराशी हुँदै डाँडागाउँबाट न्यौपानेगाउँ स्वास्थ्य चौकीसम्मको बाटो निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
समाजभित्र भएका विकास निर्माण, आपसी सद्भाव र विसंगती विकृति विरुद्ध आवाज उठाउनका लागी चिया चौतारी र वडामा चौतारी कार्यक्रमको परिकल्पना गरिएको प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुईटेलले जानकारी दिए ।
चौतारा , सार्वजनिक स्थल , पुरानो चिया पसल तथा पुराना वस्तीमा गएर चिया खाएर सामान्य भन्दा सामान्य विषय जसले स्थानीय तह हुँदै प्रदेश र संघसम्म छुनसक्ने गरी छलफल गरिन्छ , उनले भने र्, कसैलाई गाली गर्ने भन्दा पनि राम्रो कामको प्रोत्साहन र कमजोरीलाई सुधार्नका लागि आग्रह गरिनेछ ।
उनका अनुसार वडा चौतारी वडाको गतिविधी र वडाका जनप्रतिनिधीसँग बढि केन्द्रित हुनेछ भने चिया चौतारी आम ब्यक्ति या कुनै विशिष्ट ब्यक्तिसँग गरिनेछ ।
Facebook Comments