ललितपुर । रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा कर्णबीर थापाक्षेत्री चयन हुनुभएको छ । सुन् २०२५–०२६ कार्यकालयको लागि उहाको अध्यक्षतामा नया कार्यसमितिचयन भएको हो । कार्यसमितिको निवर्तमान अध्यक्ष( इमिडेट पास्र्ट प्रेसिडेन्ट)मा सिंहराज थापा, सचिव एवं प्रेसिडेन्ट नोमिनीमा साबित्री पोखरेल, उपाध्यक्षमा सरद रञ्जित, कोषाध्यक्षमा दीपा भट्टराई, क्लब एक्जुकेटिभी डाइरेक्टरमा मदन मलेकु, सर्भिस प्रोजेक्ट चियरमा मदन महत, रोटरी फाउन्डेसन चियरमा विकास न्यौपाने, मेम्बरसिप डेभवपमेन्ट चियरमा ईश्वरराज ढकाल, पब्लिक इमेज चियरमा पिताम्बर खनाल, सर्जेन्ट एन्ड आर्मसमा चेली गुरुङ, क्लब ट्रेनर मेन्ट्ररमा लालबहादुर चन्द र योङ लिडर कन्ट्याक्ट मा पविना थापा चयन हुनुभएको छ ।
ललितपुरमा आयोजित समारोहमा अध्यक्ष थापाले एकवर्षे कार्यकालमा आफुले सैबु रोटरीलाई नमुनायोग्य रोटरी बनाउने पतिबद्धता जनाउनुभयो । म एक्लैले केही गर्न सक्दिन तर सबै कार्यसमितिले समान योगदान दिएमा थुप्रै कार्यक्रम आयोजना गर्न सक्नेछु–उहाको भनाई थियो ।
पदहस्तान्तरण समारोहमा प्रमुख अतिथि २०२४– २५ एजी गुप्तबाहुर राना,विशेष अतिथि २०२५ ०२६ श्रीप्रसाद गुरुङले नया कार्यसमितिलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष सिहराज थापाले आफ्नो एकवर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो । उहाले एकवर्षे अवधिमा गरेका योजनाको बारेमा जानकारी दिनुभएको थियो ।
Facebook Comments