ललितपुर ,। ललितपुर महानगरपालिका–८ भञ्ज्याङ स्थित श्री बालकुमारी श्रृजना क्लबको अध्यक्षमा राजकुमार कुँबर निर्वाचित हुनुभएको छ । आज सम्पन्न अधिवेशनले उहाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः श्रीकृष्ण थापा, अरुणजंग कुँबर, रवि थापा, राजेश कुँबर चयन भएका छनु । सदस्यमा अन्जु थापा कुबर, अन्जु भण्डारी थापा, पुर्णिमा गुरुङ, नारायण थापा, राजेन्द्र थापा, विष्णुप्रसाद पौडेल, जीवनकुमार केसी, ज्ञानेन्द्र थापा , जितलाल श्रेष्ठ र सञ्दिप कुँबर रहेका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
कार्यक्रममा क्लबका उपाध्यक्ष किशोर कुँबरले सांगठनिक र भावी कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नुभएको थियो । भने कोषाध्यक्ष राजेश कुँबरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काले क्लबले गरेको गतिबिधिको प्रसंसा गर्दै आगामी दिनमा वडाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाले वडास्तरीय क्लब मध्ये वालकुमारी क्लबले खेलेको भुमिकाको प्रसंसा गर्नुभयो । अध्यक्ष दीपक थापामगरले दुई कार्यकालमा आफुले गरेको क्रियाकलापको बारेमा जानकारी दिनुभएको थियो ।
बिसं २०३५ सालमा स्थापित क्लबको बारेमा जानकारी दिदै पुर्वअध्यक्ष एवं समाजसेवी नवराज कुँबरले क्लको गतिविधिलाई थप उर्जाशिल बनाउनुपर्ने बताउनुभयो । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत फुटबल, ब्याडमिन्टन खेलकुद कार्यक्रम संचालन गरिरहेको छ । भने क्लबको स्थापना भएको दिन कृष्णअष्टमीमा कृष्णपुरा र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यस्तै वाषर्र््िाक कार्यक्रम अन्तर्गत दशै र तिहारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।
Facebook Comments