ललितपुर – मंसीर अन्तिम साता काठमाडौंमा हुने पार्टीको एघारौ महाधिवेशनमा विगतमा पार्टी नीति र नेतृत्वमा दृढता पुर्वक उभिएका नेता हरुलाई सकेसम्म सर्बसहमत रुपमा प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
अहिले एमाले पार्टी विरुद्द मात्रै नभएर देश विरुद्द देशकै निशानी मेटिने गरि भएको षड्यन्त्र लाई एकतावद्द एमाले बनाएर परास्त गर्न फेरि पनि केपी ओलीलाई नै सर्वसहमत अध्यक्ष हुनु पर्ने निर्णय गरिएको १ नं क्षेत्रका सचिव तथा जिल्ला कमिटी सदस्य पुरुषोत्तम हुमागाइँले जानकारी दिए ।
आइतबार चापागाउँमा सम्पन्न नेकपा एमाले ललितपुर १ नं निर्वाचन क्षेत्रको बैठक कमिटीका संयोजक गम्भीर रानाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टीले आयोजना गरेका प्रतिगमन विरुद्द्का जन प्रदर्शन हरुमा सक्रियता पुर्वक सहभागीता जनाउने १ नम्बर क्षेत्रका पार्टीका नेता कार्यकर्ता हरुलाइ धन्यवाद व्यक्त गरेको हुमागाइँले जानकारी दिए ।
उनले देशभरिका नेता कार्यकर्ता हरुलाइ केपी वलिको पक्षमा दृढता पुर्वक उभिएर प्रतिगमन लाई परास्त गर्न महत्त्वपूर्ण भुमिका खेल्न अपिल गर्ने निर्णय भएको जानकारी दिए । बैठकमा एमाले पोलिटव्युरो सदस्य शुशिला नेपाल,केन्द्रिय सदस्य हरिकृष्ण व्यन्जनकार, केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठ, बाग्मती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व सांसद चेतनाथ सञ्जेल लगाएत नेता हरुको उपस्थिति थियो ।
Facebook Comments