ललितपुर– ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेल गोदावरी नगरपालिका वडा नम्बर ७ देवीचौरमा चुनावी घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले प्रश्नै प्रश्न गरेका छन् ।
उनीहरुले चेतनाथलाई भोट दिनुपर्ने कारण सोध्दै विकास निर्माण र वैदेशीक रोजगारीमा यूवाहरु जाने परिस्थिती रोकिदिन आग्रह गरेका छन् ।
उनीहरुको चाहना गाउँमै रोजगारीको अवसर , पर्यटन प्रर्वद्धन गर्दै होमस्टेलाई प्राथमिकता दिनुपर्ने , खानेपानीको अझ सर्वसुलभ पहुँच , सडक र यातायातको स्तर उन्नती हुनुपर्ने रहेको छ ।
त्यहाँका मतदाताहरु नयाँ उम्मेद्वार चाहन्छन् । उनीहरु पटक पटक देखीने अनुहार र अहिले देशब्यापी रुपमा आएको लहरको पछाडी छैनन् तर पनि आफ्नो भूगोल बुझ्ने यही क्षेत्रमा बसेर काम गर्ने उम्मेद्वार अहिले आवश्यक भएको उनीहरुको आकांक्षा छ ।
दुबईमा ८ बर्ष वसेर काम गरेर आएका हिमाल लामा आफ्नै गाउँठाउँ र देशमा बसेर काम गर्न पाएर विदेश जान नपर्ने तर्क गर्छन् । उनले एमाले उम्मेद्वार चेतनाथलाई भूगोल चिन्ने मान्छेले मात्र त्यो समाजको विकास गर्ने बताए र्। सधै एउटै उम्मेद्वार कति छान्ने , उनीहरुले के कति गरे ? , उनले भने र्, यही भेग यही क्षेत्रमा बस्नेले मात्र यहाँको पीडा बुझ्न सक्छ , नयाँ आउँदैमा सबै राम्रो हुन्छ भन्ने छैन ।
केही मतदाताले गाउँघरमै रोजगारीको अवसर मिलोस् भन्ने आशा राखेका छन् । ६७ वर्षका प्रेम बहादुर थिङले राम्रो होमस्टे बनाउन सके , यही रोजगारीको अवसर बन्ने बताए । उनले त्यसका लागि सक्दो प्रयास र सहयोग गर्न चेतनाथलाई आग्रह गरे र्। हाम्रो गाउँको राम्रो होस् , होमस्टे सचालन गर्न पाए, रोजगारीको अवसर धेरैलाई मिल्थ्यो , उनले भने र्, त्यसका निम्ती पहल गरिदिनुहोस् ।
माइली तामाङको घरमा पुग्दा सञ्जेलले मेरो घर उ त्यो डाँडाको फेदीमा छ भनेर देखाए । माइलीले के फाइदा हुन्छ र भोट हालेर भन्दै प्रश्न गर्दा उनले भूगोल चिनेको , यहीको वासिन्दा र विकास निर्माणमा अहोरात्र खटिने ब्यक्ति आफू भएको बताए । उनले दुख सुखमा संझनेवित्तिकै आउने ब्यक्तिका रुपमा आफूलाई चिन्न आग्रह गरे । रक्सी बनाउँदै गरेकी उनले प्रश्न गरिन् र्, हाम्रो स्थानीय उत्पादनले बजार पाउँछ ? जवाफमा चेतनाथले भने र्, त्यो तपाइँको हातमा छ ।
शरीर सुन्निने ब्यथाले थलिएर पीँडिमै सुतिरहेकी साँहिली लोप्चनले चेतनाथलाई आर्शिवाद दिँदै भनिन् र्, म जस्तै धेरै विरामीले सजिलै उपचार पाउन , उपचारका लागि पैसा नहुने र भरथेक नपुग्नेका लागि राज्यले सहयोग गरिदेओस् , उनले मलिन स्वरमा भनिन् र्, म विरामी भएपनि तपाइँ निरोगी भएर चुनाव जित्दै धेरै विरामीको औषधी बन्नुहोस् ।
दमका रोगले पीडित बद्रि प्रसाद तिमल्सीनाका लागी चेतनाथले आशा जगाएको छ । उनी भनछन् र्, सिंगो देशभित्र ललितपुर क्षेत्र नम्बर १ अनि त्यसभित्र देवीचौर अटाउन उनको भूमिका महत्वपूर्ण हुनेछ , हामीले अरुलाई हैन सादा र सहज जिवनमा हिड्ने चेतनाथलाई नै विजयी गराएर जानुपर्छ ।
नेपाली सेनामा जागीर खाएर रिटार्यड भएका कुमार तामाङ यसपालीको चुनाव रोचक हुने बताउँछन् । उनी उम्मेद्वार चेतनाथसँग १३ हजार मत कटाएर चुनाव जित्ने संभावना हुने तर्क गर्छन् र्। शुभकामना छ तपाईँलाई , १३ हजार मत कटाएपछि चुनाव जितिन्छ , उनले भने र्, त्यसका लागि राम्रा र पूरा हुने प्रतिवद्धता गर्नुहोस् ।
Facebook Comments