ललितपुर– ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेल गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौरमा चुनावी घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले राम्रो सद्भाव देखाएका छन् ।
उनीहरुले चेतनाथलाई भोट दिनुपर्ने कारण सोध्दै विकास निर्माण र गाउँघरमै बसेर काम गर्ने वातारण मिलाउनका लागि पहल गर्न आग्रह गरेका छन् ।
त्यहाँका मतदाताहरु नयाँ उम्मेद्वार चाहन्छन् । उनीहरु पटक पटक देखीने अनुहार र अहिले देशब्यापी रुपमा आएको लहरको पछाडी छैनन् तर पनि आफ्नो भूगोल बुझ्ने यही क्षेत्रमा बसेर काम गर्ने उम्मेद्वार अहिले आवश्यक भएको उनीहरुको आकांक्षा छ ।
घरदैलोका क्रममा एक यूवाले तपाईहरु किन मत माग्न आएको , यहाँ आउनु आवश्यक छैन भनेर आक्रोश पोखे । ती यूवाको आक्रोशमा टिप्पणी गर्दै उम्मेद्वार चेतनाथले यूवाको भावना बुझेर आफूले काम गर्ने बताए र्। म तपाईको भावनाको कदर गर्छु , अहिलेको परिस्थीतिले यूवालाई निराश बनाएको छ , म त्यो निराशालाई आशामा बदल्दै काम गर्नेछु ।
घरदैलोका क्रममा एक बृद्ध आमाले गहभरी आँसु झार्दै भनिन् र्, देशलाई विगार्नेले हैन यही ठाउँको मान्छेले जितोस् र तपाईले जित्नुपर्छ बाबु ।
Facebook Comments